नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द
सारांश
- नागढुङ्गा-नौबिसे-मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने भएको छ, जसले गर्दा सवारी आवागमन प्रभावित हुनेछ।
- सडक स्तरोन्नति र मर्मत सम्भारका लागि पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म सडक बन्द रहनेछ।
- एमाले महाधिवेशनका कारण केही दिन रोकिएको काम पुनः सुरु भएको छ, र वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।
काठमाडौँ । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आजबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सवारी आवागमनमा रोक लगाइएको हो ।
यस अवधिमा हरेक दिन बिहान १०ः ३० बजेदेखि दिउँसो ३ः ३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरे भिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् । मङ्सिर २४ गतेदेखि नै सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर पर्ने गुनासो आएपछि बिचमा दुई दिन (२६ र २७ गते) सडक खोलिएको थियो ।
एमाले निकट युवा सङ्घको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर आग्रह गरेपछि दिउँसोको समयमा सडक खोलेर सहज बनाइएको थियो । आजबाट भने पुनः नियमित काम अघि बढाइएको छ ।
नागढुङ्गा–पिपलामोड खण्डमा कालोपत्रे गर्ने कार्य उच्च प्राथमिकतामा रहेको र उक्त सडक खण्ड साँघुरो भएकाले एकैपटक धेरै हेभी उपकरण तथा ढुवानीका साधन परिचालन गर्नुपर्ने हुनाले सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । साथै, गल्छी–गजुरी खण्डको पोखरे भिर क्षेत्रमा चट्टान काटेर सडक चौडा गर्नुपर्ने भएकाले पनि आवागमन रोक्नुपरेको हो ।
सडक बन्द भएको समयमा सवारी साधनहरूलाई नागढुङ्गा–पिपलामोड खण्डका लागि काठमाडौँबाट नौबिसेतर्फ जानेलाई नाग ढुङ्गा चेकपोस्टमा रोकिनेछ ।
यस्तै, मुग्लिङबाट काठमाडौँतर्फ जाने सवारीलाई खानीखोला (नौबिसे) र जुंगेखोला (थाक्रे) मा रोकिनेछ भने गल्छी–गजुरी खण्डका लागि नौबिसेबाट मुग्लिङतर्फ जाने सवारीलाई गल्छी, बैरेनी, मस्टारमा र मुग्लिङबाट नौबिसेतर्फ जाने सवारीलाई मलेखुमा रोकिनेछ ।
साथै सवारी आवागमन रोक लगाएको अवधिमा वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ । साना तथा मझौला सवारी साधनहरूले अत्यावश्यक अवस्थामा सितापाइला–भिमढुङ्गा–रामकोट–धार्के सडक, सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक र जरेखेतस्थित त्रिशूली पुलबाट त्रिशूली पारीको बाटो हुँदै घाटबेशीको त्रिशूली पुलबाट वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् ।
सडक बन्द रहेता पनि एम्बुलेन्स, सुरक्षा निकायका सवारी साधन, दमकल र शव वाहनजस्ता अत्यावश्यक सवारी साधनहरूको आवागमनमा भने ट्राफिक प्रहरीले सहजीकरण गर्ने जनाइएको छ ।
यस्तै,आयोजनाले तोकिएको समय पछि मात्र यात्रा गर्न र रोकिएको समयमा लेन अनुशासन पालना गर्न समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण