एकैदिन २२ सय रुपैयाँले बढ्यो सुनकाे मूल्य
आइतबार, २८ मङ्सिर २०८२, ११ : ४९
काठमाडाैँ । आइतबार नेपाली बजारमा सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आइतबार २२ सय रुपैयाँले बढेको छ ।
शुक्रबार प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघकाअनुसार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण