पदाधिकारीसहित केन्द्रीय समितिको आकार बढाउन माहोल बनाउँदै ओली
सारांश
- नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी पदाधिकारीको संख्या बढाउने रणनीति अघि सारे।
- ओली निकटस्थ नेताहरूले विधान संशोधनमार्फत ९ सचिव र ५ उपाध्यक्ष बनाउने प्रस्ताव बैठकमा राखे।
- ईश्वर पोखरेल पक्षले विधान संशोधनको विरोध जनाएका छन्।
काठमाडौं । नेकपा एमालेको महाधिवेशनको बन्दसत्र हुने स्थान भृकुटीमण्डपमै जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउने रणनीति अघि सारेका छन्। उनले यो प्रस्ताव प्रत्यक्ष रूपमा आफैंले नगरी निकटस्थमार्फत यसका लागि माहोल बनाइरहेको एक नेताले बताए ।
आइतबारको बैठकमा विधान संशोधन गरेर अघि बढ्नुपर्ने वा पहिलेकै विधानलाई कार्यान्वयन गर्नुपर्ने भन्नेबारे ओली निकटका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहेका छन्। सिधै आफूले प्रस्ताव ल्याउँदा विरोध हुनसक्ने भएकाले ओलीले बैठकमा आफू निकटस्थलाई विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने गरी धारणा राख्न लगाएको ती नेताको भनाइ छ ।
सोहीअनुसार अनुसार, केन्द्रीय सदस्य खिमलाल देवकोटा र शेरबहादुर तामाङलगायतका नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष बनाउने गरी पदाधिकारीको आकार बढाउन बैठकमा प्रस्ताव गरेका छन् । यो प्रस्ताव केन्द्रीय समिति बैठकमा छलफलको विषय बनेको छ।
उसो त अध्यक्ष ओलीले हलभित्र प्रवेश गर्ने क्रममा समेतअब पदाधिकारी थपिने सङ्केत दिएका थिए।
केन्द्रीय सदस्यहरूको बोल्ने क्रम जारी रहेकाले आजको बैठकले विधान संशोधन र पदाधिकारीको सङ्ख्याबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। एमालेकै ईश्वर पोखरेल पक्षले भने विधान संशोधनको विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण