कालिकोटमा कांग्रेसको उम्मेदवार सिफारिसमा लफडा : संस्थापन र इतर पक्षले पठाए केन्द्रमा छुट्टाछुट्टै नाम
सारांश
- नेपाली कांग्रेस कालिकोटमा उम्मेदवार छनोटको विषयमा आन्तरिक विवाद उत्पन्न भएको छ।
- जिल्ला सभापति र उपसभापतिले केन्द्रमा अलग-अलग सूची पठाएपछि विवाद सुरु भएको हो।
- दुवै पक्षले आ-आफ्नो अनुकूलका उम्मेदवार सिफारिस गरेपछि कार्यकर्तामा अन्योल छाएको छ।
सुर्खेत । नेपाली कांग्रेस कालिकोटमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार छनोटको विषयलाई लिएर आन्तरिक विवाद उत्पन्न भएको छ ।
आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने क्रममा जिल्ला सभापति र उपसभापतिले केन्द्रमा अलग–अलग सूची पठाएपछि आन्तरिक लफडा बाहिर आएको हो ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा पठाइएका दुई फरक पत्रमा एउटामा जिल्ला सभापति अम्ब बहादुर शाहीको हस्ताक्षर छ भने अर्कोमा उपसभापति मीन बहादुर बोगटीको हस्ताक्षर छ ।

संस्थापन इतर (शेखर कोइराला) पक्षधर मानिने जिल्ला सभापति शाहीको हस्ताक्षर रहेको हस्तलिखित पत्रमा मंसिर २४ र २६ गते बसेको बैठकको निर्णय भन्दै उम्मेदवार सिफारिस गरिएको छ ।
सभापति शाहीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ युवा नेता भुपेन्द्रजंग शाहीका साथै स्वयं आफ्नो र सीता रावलको नाम सिफारिस गरेका छन् ।

यस्तै, प्रतिनिधि सभा समानुपातिकतर्फ काली बहादुर सहकारी (खस आर्य), सुशीला शाही बम (महिला) र मनबहादुर नेपाली (दलित)को नाम सिफारिस गरिएको छ भने राष्ट्रिय सभातर्फ टेकराज शाही (पुरुषतर्फ) र यशोदा शाही (महिलातर्फ)को नाम सिफारिस गरिएको छ ।
यता केन्द्रमा संस्थापन पक्षधर मानिने जिल्ला उपसभापति मीन बहादुर बोगटीले भने जिल्ला कार्यसमितिको शनिबारको सर्वसम्मत निर्णय भन्दै प्रतिनिधि सभा सदस्यतर्फ (प्रत्यक्ष) हर्ष बहादुर बम, नारायण प्रसाद भट्टराई, दमन राज बम, केशर जंग बम र जीवन सुवेदीको नाम सिफारिस गरेका छन् ।

यस्तै, समानुपातिकतर्फ काली बहादुर सहकारी, मुक्ति प्रसाद न्यौपाने, भावना कुमारी शाही, छाया सुनार र भरत विकको नाम छ भने राष्ट्रिय सभातर्फ विष्णु बहादुर शाही र दान बहादुर बमको नाम उल्लेख छ ।
रोचक कुरा के छ भने, दुवै पक्षको तीव्र विवादका बिच समानुपातिक तर्फका उम्मेदवार काली बहादुर सहकारीको नाम भने सभापति र उपसभापति दुवैको सूचीमा परेको छ ।
जिल्ला नेतृत्व नै दुई ध्रुवमा बाँडिएर आ–आफ्नै अनुकूलका उम्मेदवार सिफारिस गरेपछि कालिकोट कांग्रेसका कार्यकर्ताहरूमा अन्योल छाएको छ ।
रातोपाटीलाई प्राप्त विवरण अनुसार २६ गते जिल्ला सभापति शाहीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयको अन्तिममा उपसभापति लगायतले असहमति राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण