राजनीति
एमालेका तीन शीर्ष नेताले रोजे ‘स्वेच्छिक’ अवकाश
आइतबार, २८ मङ्सिर २०८२, १९ : ४७
सारांश
- नेकपा एमालेका तीन शीर्ष नेताहरूले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।
- उपाध्यक्षद्वय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडालले पदमा उम्मेदवारी नदिने बताए।
- एमाले महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धा चलिरहेका बेला, उनीहरूले स्वेच्छिक अवकाश रोजेका हुन्।
काठमाडौँ । नेकपा एमालेमा नेतृत्वको रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।
तर उनीहरुले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन् । यसरी सक्रिय राजनीति नगर्ने घोषणा गर्नेहरूमा उपाध्यक्षद्धय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडाल छन् ।
उनीहरुले अब कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । नेकपा एमालेको ११औँ महाधिवेशनमा सात दशक पार गरेका नेताहरूबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुन लागेका बेला तीन नेताले स्वेच्छिक अवकाश रोजेर रस्साकस्सीमा रमाउनेहरूका लागि उदाहरण बनेका छन् ।
एमालेको जारी महाधिवेशनको बन्दसत्रमा ज्ञवाली, शाक्य र बडालले अब सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिएर पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण