प्रदेश अधिवेशनमा जुट्यो गण्डकी कांग्रेस, महामन्त्रीको संयोजकत्वमा तयारी समिति गठन
पोखरा । नेपाली कांग्रेस गण्डकी अधिवेशनको तयारीमा जुटेको छ । आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा अधिवेशन तयारी समिति गठन गरेको हो ।
बैठकमा सभापति शुक्रराज शर्माले अधिवेशनका लागि समिति गठनको प्रस्ताव गरेका थिए । सर्वसम्मतबाट समिति गठन भएको प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
उनका अनुसार सदस्यहरूमा महामन्त्री विष्णुप्रसाद लामिछाने, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठ, प्रवक्ता माधवप्रसाद बास्तोला मधु, प्रदेशका मन्त्री भेषबहादुर पौडेललाई राखिएको छ ।
यस्तै प्रदेश सदस्यहरू रामकृष्ण मल्ल, शकुन्तला शर्मा, अजित क्षेत्री, हरिदत्त पौडेल पनि सदस्य छन् । समितिको सदस्य सचिवमा मुख्य सचिव पदम श्रेष्ठ छन् ।
केन्द्रीय समितिले पुस २३ र २४ गते प्रदेश कार्यसमितिको अधिवेशन हुने गरी मिति तोकेको छ । सोही मितिमा अधिवेशन सम्पन्न गर्ने गरी तयारी थालिएको सभापति शर्माले जानकारी दिए ।
‘केन्द्रले निर्णय नगर्दा पनि हामी अधिवेशनको तयारीमै थियौँ । अब त झन् मिति तोकिएको छ,’ उनी भन्छन्, ‘तोकिएकै समयमा अधिवेशन गरेर नयाँ समितिलाई हस्तान्तरण गर्नेछौँ ।’
गठित समितिले आवश्यकता अनुसार सदस्यहरू थप्न सक्ने अधिकार दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण