सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
सारांश
- मकवानपुरको जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।
- मनहरी गाउँपालिका-६ का ५० वर्षीय सेते थिङको घटनास्थलमै मृत्यु भएको हो।
- घटनामा संलग्न भएको आरोपमा गोपाल ब्लोनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरी पखेरा जंगलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो सिकार खेल्न जंगल गएका दुई साथीमध्ये एकजनाको भरुवा बन्दुक अचानक पड्किँदा अर्का साथीको मृत्यु भएको हो।
मृत्यु हुनेमा मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङ बस्ने ५० वर्षीय सेते थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार आइतबार दिउँसो २ बजेको समयमा राक्सिराङ गाउँपालिका–८ राजराङ्ग बस्ने ४५ वर्षीय गोपाल ब्लोन र मृतक थिङ एक-एक थान भरुवा बन्दुक बोकेर सिकार खेल्न जंगल गएका थिए।
प्रवक्ता बोगटीका अनुसार जंगलमा हिँड्ने क्रममा अगाडि रहेका गोपाल ब्लोनको खुट्टा लहरामा अल्झिएर लड्न पुग्दा उनीसँग रहेको भरुवा बन्दुक अचानक पड्किएको थियो। सोही बन्दुकको गोली पछि-पछि आइरहेका साथी सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
घटना लगत्तै गोपाल ब्लोनले अपराह्न ४:४० बजे ईलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए। सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट २ थान भरुवा बन्दुक बरामद गरेको छ।
हाल गोपाल ब्लोनलाई ईलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब २० किलोमिटर उत्तर र ईलाका प्रहरी कार्यालय मनहरीबाट ३५ किलोमिटर उत्तर-पश्चिममा पर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण