बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

परशुराम मेघी गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिने

सोमबार, २९ मङ्सिर २०८२, १० : १५
सोमबार, २९ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेका नेता परशुराम मेघी गुरुङले पार्टीको महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।
  • उनी ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्।
  • गोकर्ण विष्ट र बिन्दा पाण्डे, अरुण नेपालको पनि उपाध्यक्ष पदमा उम्मेदवारी लगभग निश्चित भएको छ।

काठमाडौँ । नेकपा एमालेका नेता परशुराम मेघी गुरुङले पार्टीको जारी ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उम्मेदवार मनोनयन पत्र लिँदै गुरुङले उम्मेदवारीबारे जानकारी दिएका हुन् ।

उनी ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षको उम्मेदवार बन्ने छन् । ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने निश्चित भएको छ भने उपाध्यक्षमा गोकर्ण विष्टको नाम पनि निश्चित भएको छ ।

पाँच उपाध्यक्षमा विष्ट र गुरुङसँगै बिन्दा पाण्डे, अरुण नेपालको लगभग टुङ्गिए पनि फाइनल हुन बाँकी रहेको बताइएको छ । त्यस्तै उपमहासचिवमा योगेश भट्टराईको नाम कन्फर्म भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप