बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
सोमबार, २९ मङ्सिर २०८२, १२ : ५९
सारांश
- राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गरेको छ।
- परिवर्तनशील ब्याजदर अनुसार ऋण लिँदा ब्याजदर परिवर्तन भएपछि ऋणीले अनुरोध गरेमा किस्ता रकम परिवर्तन हुनेछ।
- यसरी किस्ता रकम परिवर्तन गर्दा थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु नपर्ने व्यवस्था गरिएको छ।
काठमाडौँ । ऋणीले बैंकबाट लिएको ऋणमा कायम भएको किस्ता घटबढ गर्न सजिलो हुने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यस अनुसार परिवर्तनशील ब्याजदर अनुसार ऋण लिइएकोमा ब्याजदर परिवर्तन भई किस्ता रकम परिवर्तन हुने अवस्थामा सम्बन्धित ऋणीले लिखित अनुरोध गरेमा ऋणीको आम्दानी समेत विश्लेषण गरी बढीमा वर्षको एकपटक किस्ता रकम परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ ।
यसरी किस्ता रकम परिवर्तन गर्दा थप कर्जा नोक्सानी व्यवस्था कायम गर्नु नपर्ने परिपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण