तत्कालीन माओवादी केन्द्रका नेता विनोद घिसिङले पार्टी छाडे
काभ्रे । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता विनोद घिसिङले पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टी नेतृत्व जनआकांक्षाबाट विमुख हुँदै मनोगत, केन्द्रीकृत र अवसरवादी राजनीतिमा सीमित भएको आरोप लगाउँदै घिसिङले सामाजिक न्याय, सुशासन र समृद्धिको सपना धराशायी बनेको टिप्पणी गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठ्ने गरी राज्य व्यवस्था अस्तव्यस्त बन्दै गएको अवस्थामा पनि नेतृत्व मौन रहेको उनको भनाइ छ।
पछिल्लो पुस्ताबाट उठेका राजनीतिक प्रश्नको सम्बोधन गर्नुको सट्टा विभाजन, दमन र भ्रम सिर्जना गर्ने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको मर्ममाथि गम्भीर आघात पुगेको जनाउँदै उनले पार्टी त्याग गर्ने निर्णय गरेको स्पष्ट पारेका छन् ।
घिसिङले आगामी राजनीतिक यात्राबारे हालसम्म कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि, राजनीतिक वृत्तमा भने उनले उज्यालो नेपाल पार्टीबाट आगामी राजनीतिक यात्रा अगाडि बढाउने आँकलन गर्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण