एमाले महाधिवेशन : ईश्वर प्यानलबाट पदाधिकारीमा गण्डकीका एक्ला उम्मेदवार सापकोटा
सोमबार, २९ मङ्सिर २०८२, १४ : ४३
पोखरा । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा ईश्वर पोखरेल (संस्थापनइतर) प्यानलबाट गण्डकीले पदाधिकारीमा एउटा मात्रै पद पाएको छ ।
ईश्वर पोखरेल प्यानलबाट हालका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा सचिवको उम्मेदवार बनेका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।
एमालेमा ४ दशक भन्दा बढी समयदेखि सक्रिय सापकोटाले पार्टीभित्र निष्ठावान् नेताको छवि बनाएका छन् ।
उनी २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा मालिका गाविसको अध्यक्ष निर्वाचित भएका थिए भने २०७४ मा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
तल्लो तहदेखि नै सङ्घर्ष गरेका उनी युवा सङ्घ नेपालको केन्द्रीय महासचिवसम्म बनेका थिए । पुस १ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण