एमाले महाधिवेशन : निर्वाचन तालिका परिवर्तन
साढे ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
सोमबार, २९ मङ्सिर २०८२, २० : ०७
काठमाडौँ । नेकपा एमालेको निर्वाचन कार्यतालिका परिवर्तन गरिएको छ । सोमबार केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका परिवर्तन गरेको हो ।
परिवर्तित निर्वाचन कार्यतालिका अनुसार ८ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । ८:२० मा उजुरी उपर छानबिन र निर्णय गरिनेछ ।
आजै राति ९ बजेभित्र उम्मेदवारहरूको नाम फिर्ताको समय तोकिएको छ । यस्तै साढे ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मङ्गलबार दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय तोकिएको छ ।
मङ्गलबार नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण