बाँझो जमिन उपयोग गरी जलजलामा सामूहिक आलुखेती
पर्वत। उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सामूहिक आलुखेती सुरु गरिएको छ । हिउँदमा बाँझै रहने ८० रोपनी क्षेत्रफलमा स्थानीय जलजला गाउँपालिकाको सहलगानीमा आलुखेती गरिएको हो ।
गाउँमा रहेको बाँझो जमिनलाई सदुपयोग गरी रोजगारी सिर्जना गर्ने र किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले आलुखेती सुरु गरिएको गाउँपलिकाका अध्यक्ष राजु आचार्यले बताए । पालिकालाई बीउ आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले जलजला–बाँसबोट कृषक समूहमार्फत आलुखेती सुरु गरिएको उनले जानकारी दिए ।
“धाइरिङको बाँसबोटका १६ जना कृषकले यस वर्ष ११५ बोरा आलुको बीउ रोपेका छन् । किसानले व्यक्तिगत रूपमा ५० बोरा आलु रोपेका हुन् । बाँकी ६५ बोरा आलु गाउँपालिकाले सहयोग गरेको हो । गाउँपालिकाले गत वर्ष उत्पादित बीउ पोखरा लगेर चिस्यान गृहमा राखेको थियो । सोही बीउ कृषक समूहलाई दिएर सहलगानीमा खेती सुरु गरिएको हो”, अध्यक्ष आचार्यले भने ।
दुई वर्षअघि पुर्जाखोला सिँचाइ आयोजना निर्माण सकिएपछि बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । यसअघि हिउँदमा बाँझो हुने बारीमा खेती गरेर हराभरा बनाउन किसान अग्रसर भएका स्थानीय सौगात आचार्यले बताए । बाँझिएको जमिनलाई सदुपयोग, रोजगारी सिर्जना र किसानको आयआर्जन वृद्धिका लागि जलजला गाउँपालिकाले बीउ आलु उत्पादन कार्यक्रममार्फत किसानलाई सहयोग गरेको उनको भनाइ छ ।
राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेको रोग प्रतिरोधात्मक क्षमताको मूल बीउलाई पिविएम प्रविधिबाट (बियाँबाट आलुको बीउ उत्पादन) गरेर जलजला गाउँपालिका बीउ आलुमा आत्मनिर्भर भएको छ ।
पिविएम प्रविधिबाट उत्पादन भएको बीउ आलु पाँच पुस्तापछि खानयोग्य हुन्छ । यसअघि जलजलाका कृषकले करिब ५० वर्ष पुरानो बीउ प्रयोग गर्दै आएका थिए । पुरानो बीउ लगाउँदा एक बोराबाट सातदेखि १० बोरासम्म उत्पादन हुनेमा नयाँ बीउ लगाउँदा एक बोराले २० बोरासम्म उत्पादन दिने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।
किसानले उत्पादन गरेको बीउ आलुलाई प्रतिकिलो रु ६५ मा खरिद गरेर ५० प्रतिशत ढुवानीमा अनुदान दिएर पोखराको चिस्यान गृहमा भण्डारण गर्ने र प्रतिकिलो रु १५ अनुदान दिएर किसानलाई वितरण गर्ने व्यवस्था मिलाएको उपाध्यक्ष आचार्यले जानकारी दिए । मौसम अनुकूल भएमा अहिले लगाइएको आलुखेतीबाट दुई हजार मेट्रिकटनभन्दा बढी उत्पादन हुने भन्दै यसले कृषकको उपभोग तथा आयआर्जनका लागि ठुलो टेवा पुग्ने उनको भनाइ छ ।
बाँदरका कारण बालीनाली जोगाउन मुस्किल हुने भएकाले सामूहिक आलुखेती भएको बाँसबोटमा तीन महिनाका लागि बाँदर हेरालु राख्ने गाउँपालिकाले तयारी गरेको छ । तरकारीको पकेट क्षेत्रका रूपमा विकास हुँदै गएको जलजलाको बनौ, शालिजा, लेकफाँट, धाइरिङमा बर्खे आलुखेती हुन्छ । सल्यान, नाग्लीवाङ, मल्लाजमा हिउँदे आलुखेती गरिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण