विकास र समृद्धिका लागि जनताको तागत आवश्यक छ: पूर्वउपराष्ट्रपति पुन
सारांश
- नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताए।
- उनले दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गर्न नसकिने कुरामा जोड दिए।
- उनले जेनजी आन्दोलनले राजनीतिक दललाई धक्का दिएको बताए।
गोरखा। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उनले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित पाटीको पालिकास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाइ बहुमत दिएर राजनीतिक दललाई पठाउनुपर्ने बताए ।
“दुई तिहाइ बहुमत नभएसम्म संविधान संशोधन गरेर अघि बढ्न सकिँदैन”, पूर्वउपराष्ट्रपति पुनले भने, “जब जनताले दुई तिहाइ मत दिएर पठाउँछ, तब जेनजीले उठाएका माग पूरा गर्न सम्भव हुन्छ ।” उनले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
देशको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अपरिहार्य रहेकामा पूर्वउपराष्ट्रपति पुनले जोड दिए । “नेपालमा केही हुँदैन, युवाको भविष्य छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ”, उनले भने, “त्यो अत्यन्त गलत र भ्रम हो ।”
अहिलेको प्रयासले मात्र नेपाललाई वैज्ञानिक समाजवादमा पुर्याउन नसकिने पूर्वउपराष्ट्रपति पुनले बताए । वामपन्थी शक्तिलाई ध्रुवीकरण नगरी समाजवादमा पुग्न नसकिने भएकाले टुटफुटमा रहेका कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढ्नुपर्ने उनको धारणा छ । पार्टीले कमजोर आर्थिक अवस्था भएका जनताको जीवनस्तर उकास्दै लगेर समाजवादको यात्रामा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई ठुलो धक्का दिएको पूर्वउपराष्ट्रपति पुनको भनाइ छ । उनले भने, “जेनजीले उठाएका मुद्दा कार्यान्वयनमा हामी सङ्घर्षरत छौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण