एमाले महाधिवेशन : अनुशासन आयोगमा पहारी र केन्द्रीय लेखा आयोगमा कँडेल निर्विरोध
मङ्गलबार, ०१ पुस २०८२, ०७ : ४२
सारांश
- नेकपा एमालेको ११औं महाधिवेशनमा विभिन्न पदमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
- लुम्बिनी प्रदेशबाट महिला र मधेशी क्लस्टरतर्फका युवा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन्।
- पार्टीको अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा पनि निर्विरोध चयन भएको छ।
काठमाडौँ । नेकपा एमालेको दुई आयोगको अध्यक्षमा एकल उम्मेदवारी परेको छ ।
केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा डा भरतराज पहारीको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा चक्र बहादुर पराजुली, सचिवमा डा राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
यस्तै २२ जना सदस्यमा भने ३० जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यता केन्द्रीय लेखा आयोग अध्यक्षमा डा पुष्पराज कँडेल निर्विरोध भएका छन् । उनको एकल उम्मेदवारी गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यस्तै उपाध्यक्षमा घनेन्द्र राज घिमिरे तथा सचिवमा ईश्वरी प्रसाद खरेलको एकल उम्मेदवारी परेको छ । २२ जना निर्वाचित हुने सदस्य पदमा भने ३६ जनाको उम्मेदवारी परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण