कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकियो, काम सकिएन
सारांश
- नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम नसकिएको बताइएको छ।
- नयाँ क्रियाशील सदस्यता वितरणका लागि पठाएका फारममा सिरियल नम्बर नभएपछि विवाद उत्पन्न भएको छ।
- समितिका सदस्यहरूबीच सिरियल नम्बर नभएका फारमको विषयमा फरक-फरक धारणा रहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पुस २६ देखि २८ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कार्यान्वयन गर्न क्रियाशील सदस्यता नवीकरणका लागि दिएको म्याद सकिएको छ । गतराति १२ बजेबाट नवीकरणका लागि समितिले दिएको म्याद सकिए पनि नवीकरणको काम भने सकिएको छैन ।
महामन्त्री गगन थापा नेतृत्वको समितिका सदस्य योगेन्द्र चौधरीले आफूहरूले क्रियाशील सदस्यता नवीकरणका लागि दिएको म्याद सकिए पनि काम भने नसकिएको जानकारी दिए । ‘गयरातिबाट नवीकरणका लागि हामीले दिएको म्याद सकिएको छ । तर, काम भने सकिएको छैन,’ चौधरीले रातोपाटीसँग भने, ‘अब कसरी अगाडि बढ्ने भन्नेबारे हामी दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दछौँ ।’
प्राय जिल्लाहरूमा नवीकरणको विवाद मिलेको छैन । त्यतिमात्र होइन नयाँ क्रियाशील सदस्यता वितरणका लागि पनि केन्द्रबाट फारम पठाउन मंसिर मसान्तसम्म समय दिइएको थियो । तर नयाँ क्रियाशील सदस्यता वितरणका लागि पठाएको फारममा ‘सिरियल नम्बर’ नभएपछि अर्को विवाद थपिएको छ । त्यो विवाद कसरी मिलाउने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने चौधरीले बताए ।
कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि भन्दै ६ लाख फारम जिल्ला जिल्लामा पठाएको थियो । पठाएकामध्ये ४ लाख फारममा सिरियल नम्बर राखिएको थिएन ।
महामन्त्री थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू सिता गुरुङ, चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन् । समितिमा पार्टीभित्रको संस्थापन सिरियल नम्बर नभएका फारम फिर्ता मागेर सिरियल नम्बर राखेर पठाउनु पर्ने पक्षमा छ । संयोजक थापा र सदस्य स्नेही भने जहाँ पठाइएको छ, त्यही समितिलाई सिरियल नम्बर राखेर वितरण गर्न निर्देशन दिनुपर्ने बताइरहेका छन् । समितिमा चौधरी र गुरुङ पार्टीभित्रको संस्थापन पक्षका नेताहरू हुन् ।
सस्थापन पक्षीय नेताहरूले केन्द्रबाट जति फाराम पठाइएको हो, सम्बन्धित समितिमा त्यति नै फारम आए पनि पार्टीभित्र स्पष्ट रूपमा तल्लो तहदेखि माथिल्लो तहसम्म गुट रहेकाले वडा, पालिका हुँदै क्षेत्रसम्म आइपुग्दा फेरबदल हुन सक्ने आशंका गरेका छन् ।
तर, समितिको संयोजक रहेका महामन्त्री थापाले भने जुन समितिमा फारम पुगेको छ त्यही समितिलाई सिरियल नम्बर राख्ने जिम्मा दिनुपर्ने बताइरहेका छन् । थापाको भनाइलाई सदस्य स्नेहीले साथ दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण