आन्तरिक राजश्व विभागले मङ्सिर महिनामा उठायो ३५ अर्ब १३ करोड राजश्व
सारांश
- आन्तरिक राजश्व विभागले मङ्सिर महिनामा ३५ अर्ब १३ करोड ९७ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ।
- गत वर्षको मङ्सिर महिनाको तुलनामा यो वर्ष राजश्व कम सङ्कलन भएको छ।
- चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर महिनासम्म विभागले १ खर्ब ८७ अर्ब ६७ करोड ८० लाख रुपैयाँ सङ्कलन गरेको छ।
काठमाडौँ । आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा मात्रै ३५ अर्ब १३ करोड ९७ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । अर्थमन्त्रायलले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व सङ्कलनको तथ्याङ्क अनुसार भन्सार विभागले उक्त राजश्व सङ्कलन गरेको हो।
गत आर्थिक वर्षको मङ्सिर महिनामा ३५ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ सङ्कलन गरेको थियो । गत वर्षको मङ्सिर महिनाको तुलनामा यो वर्ष राजश्व कम सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको साउन देखि मङ्सिर महिना पाँच महिनासम्म भने आन्तरिक राजश्व विभागले १ खर्ब ८७ अर्ब ६७ करोड ८० लाख रुपैयाँ सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको वार्षिक लक्ष्यको तुलनामा भन्सार विभागले २५.४५ प्रतिशत राजश्व सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १.३२ प्रतिशतले वृद्धि भएको छ ।
आन्तरिक राजश्व विभागले गत वर्षको मङ्सिर महिनाको तुलनामा कम राजश्व सङ्कलन गरेको भए पनि वार्षिक अवधिसम्मको तुलनामा विभागको स्थिति १.३२ प्रतिशतले सकारात्मक देखिएको छ ।
त्यस्तै,अन्य राजश्व (गैर कर)तर्फ पनि सकारात्मक वृद्धि भएको छ । पछिल्लो पाँच महिनामा २४ अर्ब ७ करोड २७ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जसमा मङ्सिर महिनामा मात्रै भने ४ अर्ब ४१ करोड रुपैयाँ सङ्कलन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण