शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ओली भर्सेस ईश्वर : भृकुटीमण्डपबाट LIVE UPDATES
LIVE UPDATES

LIVE UPDATES : ओली भर्सेस ईश्वर : भृकुटीमण्डपबाट LIVE UPDATES

मङ्गलबार, ०१ पुस २०८२, २० : ०९
Live

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा अध्यक्षका उम्मेदवारहरु केपी शर्मा ओली र ईश्वर पोखरेल दुबैले प्यानल बनाएका छन् । प्यानलअनुसार दुबै समूहले आफू निकटस्थलाई चिट वितरण गरेका छन् । भृकुटीमण्डपबाट LIVE UPDATES मा स्वागत छ ।

भोट हाल्न लाइन बसिसकेकालाई एमालेले जाडो हुने भन्दै फर्काइदियो

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व छान्न मतदानको लाइनमा बसेको मतदाता(प्रतिनिधि) फर्किएका छन् ।

मंगलबार साँझ भोट हाल्न लाइन बसिसकेकाहरूलाई रातिको समयमा जाडो हुने भन्दै एमालेले मतदानस्थलबाट फर्काएको हो ।

प्राविधिक समस्या देखाउँदै आज हुने भनिएको मतदान प्रक्रिया स्थगित भइसकेकाे छ । अब मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ । 

भृकुटीमण्डपमै शीर्ष नेताहरू छलफलमा, भोलिमात्रै मतदानको तयारी

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने सम्भावना बढेको छ । 

अहिले भृकुटीमण्डपस्थित महाधिवेशन हलभित्रै शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

छलफलमा भोलिदेखि मतदान गर्नेबारे सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ । केहीबेर अघि अध्यक्षका दुवै उम्मेदवार भृकुटीमण्डप पुगेका थिए ।

एमाले महाधिवेशन : बुधबार बिहान ८ बजे मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ ।

आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित गर्नुपरेकाे हाे । 'आज हुने भनिएको मतदान भोलि बिहान ८ बजे गर्ने गरी स्थगित गरिएको छ,' महासचिव शंकर पोखरेलले भने । 

नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै चुनावमा ढिलाइ भएको थियो । यसअघि दिउँसो १ बजेदेखि नै निर्वाचन हुने भनिएको थियो ।

एमाले महाधिवेशन : प्राविधिक तयारी नपुगेको भन्दै मतदानमा ढिलाइ

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।

नेतृत्व चयनकै लागि आज साँझ ७ बजेदेखि भृकुटीमण्डपमा मतदानको समय तोकिएको थियो । तर प्राविधिक तयारी नपुगेको भन्दै मतदानमा ढिलाइ भइरहेको छ ।

यसअघि दिउँसो १ बजेदेखि नै मतदान हुने भनिएको थियो । मतदाताहरू भने चिसोमा लाइनमै बसेका छन् ।

ओली र ईश्वर मतदानस्थलमा, तस्बिरहरू

काठमाडौँ । नेकपा एमालेको नेतृत्व(अध्यक्ष)का लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् ।

मंगलबार भृकुटीमण्डपस्थित मतदानस्थलमा दुवै नेता एकै ठाउँमा देखिएका छन् । मतदानका लागि मतदाताहरू लाइनमा बसेका छन् । 

01-598356518_847208504731378_4306877467655115686_n02-597843152_25223502673959161_4895418771621252903_n03-598419050_829278400155405_354038651584542412_n04-597584572_707162385799985_3200256981332130378_n05-597360515_1885494795426997_3365352714823883366_n06-597403062_1942392346308461_8748255430556499215_n07-597929424_1965312747665261_1628868911700798705_n08-597666135_753621727758808_3808612707832532389_n09-597384132_4324670441108011_9037782851964016907_n10-597458551_1171660088017970_6022646302662389749_n11-598790707_2348064138948739_7427536696922722885_n12-598672711_2099288934220163_7501629690701588054_n13-597624823_1142286951317955_1171644034085989851_n14-598002678_1288654729688710_894855830752952953_n15-598107468_779234228332079_3268602763890141395_n16-597749101_1379381893630547_8716435121303408201_n

एमाले मतदानस्थलमा ओली र ईश्वर गुटको लिस्ट छ्यापछ्याप्ती

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न मतदाता(प्रतिनिधि) लाइनमा बसेका छन् ।

एमाले निर्वाचनमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसैबिच भृकुटीमण्डपस्थित मतदानस्थलमा ओली र ईश्वर गुटका नेताहरूले प्यानलको लिस्ट छ्यापछ्याप्ती बाँडिरहेका छन् । 

एमालेमा मतदानको तयारी, लाइनमा मतदाता (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।

नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । यसैबिच नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान सुरु भएको छ ।

मत प्रयोगका लागि प्रतिनिधिहरू लाइनमा बसेका छन् । 

एमालेमा चुनावी सरगर्मी, तस्बिरहरू

काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दैछ ।

त्यसका लागि मंगलबार साँझ ७ बजेदेखि मतदान हुँदैछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दैछन् । 

13-UML Election_NPL (14)14-UML Election_NPL (16)15-UML Election_NPL (17)16-UML Election_NPL (18)17-UML Election_NPL (19)18-UML Election_NPL (20)19-UML Election_NPL (21)20-UML Election_NPL (22)

एमाले महाधिवेशन : उम्मेदवारहरूको सूची पुन: प्रकाशन

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको सूची पुन: प्रकाशन गरेको छ ।

यसअघि निकालिएको सूचीमा प्राविधिक त्रुटि देखिएपछि आयोगले पुन: मंगलबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो ।

आज साँझ ७ बजेदेखि राति १ बजेसम्म ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । 

एमाले निर्वाचन : साँझ ७ बजेदेखि मतदान गर्ने निर्णय

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मङ्गलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् ।

उनीहरू प्यानलै बनाएर भिड्न लागेका हुन् । 

एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज हुँदा १५ जनाको फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये दुई जनाकाे उम्मेदवारी खारेज गरिएकाे छ । 

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार दुई जनाकाे उम्मेदवारी खारेज गरिएकाे हाे । 

केन्द्रीय सदस्यका उम्मेदवार पासाङ् शेर्पा र धर्मलाल गिरीकाे उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

मूल नेतृत्वबाटै गुटबन्दी भएपछि बाटो खुला भयो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेको ११‍‍औँ महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै एउटै व्यक्तिले कति पटक नेतृत्वमा दाबी गर्ने भन्दै प्रश्न उठाएका छन्।

राजधानीको भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनका क्रममा मंगलबार पत्रकार सम्मेलन गर्दै भट्टराईले अध्यक्ष ओलीले विधानतः तेस्रो कार्यकालका लागि उम्मेदवारी दिएको देखिए पनि व्यवहारतः यो उनको चौथो पटकको प्रयास भएको टिप्पणी गरे। 

उनले भने, ‘उहाँ (ओली) ले तेस्रो कार्यकालका लागि नोमिनेसन दिनुभयो, तर उम्मेदवारी दर्ताको हिसाबले यो चौथो पटक हो। आठौं, नवौं, दशौं र अहिले एघारौं महाधिवेशनमा उहाँले अध्यक्षमा नोमिनेसन फारम दर्ता गर्नुभयो। हाम्रो प्रश्न यही हो– एउटा नेताले, एउटा व्यक्तिले कति पटक एउटै पदमा उम्मेदवारी दरखास्त दिने ?’

नयाँ लिस्टले एमाले निर्वाचन कतिबेलादेखि भन्नेमा अलमल

काठमाडौं । नेकपा एमालेको महाधिवेशन अन्तर्गत मतदान प्रक्रिया कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल सिर्जना भएको छ।

निर्वाचन समितिले उम्मेदवारहरूको फाइनल लिस्ट दिन ढिलाइ गरेपछि र मंगलबार केहीबेरअघि मात्रै फाइनल भनेर नयाँ सूची दिएपछि सबै मिलाउन ढिलाइ भएको बताइएको छ । निर्वाचन भोटिङ मेसिनबाट गरिँदैछ । 

भोटिङ मेसिनका प्राविधिक राम रिमालका अनुसार नेतृत्वबाट अहिले नयाँ फाइनल लिस्ट आएको र त्यसमा उम्मेदवारका नामहरू तलमाथि भएकाले सच्याउन समय लाग्ने भएको छ। नाम सच्याएर मेसिनमा ’रि–इन्ट्री’ गर्नुपर्ने भएकाले मतदान सुरु हुन साँझ ७ देखि ८ बज्न सक्ने रिमालले बताए।

राति मतदान नगर्न पोखरेल समूहको आग्रह, समिति भने साँझ ५ बजेभित्रै सुरु गर्ने तयारीमा

काठमाडौं । नेकपा एमालेको निर्वाचन समितिले आजै साँझसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। स्रोतका अनुसार ईश्वर पोखरेल पक्षले राति मतदान नगर्न आग्रह गरिरहे पनि समितिले भने प्रक्रिया अघि बढाउने अडान लिएको छ।

निर्वाचन समितिका एक सदस्यले भने, 'हामीलाई निर्वाचन गराउनुपर्ने बाध्यता छ। त्यसैले जतिखेर पनि मतदान सुरु गर्नुपर्छ भनेर हामी लागिपरेका छौं।'

समितिका अनुसार छिटोमा दिउँसो ४ बजेदेखि र ढिला भएमा पनि साँझ ५ देखि ६ बजेभित्र मतदान सुरु गर्ने गरी तयारी भइरहेको छ।

एमाले महाधिवेशनसम्बन्धी थप अपडेट हेर्नुहोस्

एमाले महाधिवेशनसम्बन्धी थप अपडेट हेर्नुहोस्

 

ईश्वर पोखरेल समूहले टुङ्ग्यायो प्यानल, को–को समेटिए ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको निर्वाचनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहले आफ्नो प्यानल टुंग्याएको छ । 

रातोपाटीलाई प्राप्त प्यानलको सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन्  । 

यस्तै महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् । तीन उपमहासचिव भए पनि उक्त प्यानलमा एक जना कम उपमहासचिवको सूची राखिएको छ । 

एमाले महाधिवेशन : यस्तो छ ओलीको टिम (सूची)

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ । यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन् ।

दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन् । यसैबिच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन् । 

यस्तो रहेको छ ओलीको टिम :

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौँ। नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जस अन्तर्गत अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदैछ । 

केन्द्रीय निर्वाचन आयोगले आज सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् । 

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान  बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया