नयाँ लिस्टले एमाले निर्वाचन कतिबेलादेखि भन्नेमा अलमल
काठमाडौं । नेकपा एमालेको महाधिवेशन अन्तर्गत मतदान प्रक्रिया कतिबेला सुरु हुन्छ भन्नेमा अन्योल सिर्जना भएको छ।
निर्वाचन समितिले उम्मेदवारहरूको फाइनल लिस्ट दिन ढिलाइ गरेपछि र मंगलबार केहीबेरअघि मात्रै फाइनल भनेर नयाँ सूची दिएपछि सबै मिलाउन ढिलाइ भएको बताइएको छ । निर्वाचन भोटिङ मेसिनबाट गरिँदैछ ।
भोटिङ मेसिनका प्राविधिक राम रिमालका अनुसार नेतृत्वबाट अहिले नयाँ फाइनल लिस्ट आएको र त्यसमा उम्मेदवारका नामहरू तलमाथि भएकाले सच्याउन समय लाग्ने भएको छ। नाम सच्याएर मेसिनमा ’रि–इन्ट्री’ गर्नुपर्ने भएकाले मतदान सुरु हुन साँझ ७ देखि ८ बज्न सक्ने रिमालले बताए।
यता निर्वाचन समितिले पनि जतिसक्दो चाँडो मतदान सुरु गर्ने बताएको छ। समिति स्रोतका अनुसार ईश्वर पोखरेल समूहले राति मतदान नगर्न दबाब दिइरहेको छ।
तर, समितिले भने आफूहरू बाध्यतामा रहेको भन्दै प्रक्रिया अघि बढाउने अडान लिएको छ। समितिले छिटोभन्दा छिटो लक्ष्य राखेको छ। तर, प्राविधिक पक्षले नाम सच्याउन समय लाग्ने भन्दै ७–८ बज्ने संकेत गरेको छ । एमालेको नेतृत्व चयनका लागि भृकुटीमण्डपमा निर्वाचन कार्यक्रम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण