सरकार र नागरिक बचाउ अभियानकाे टोलीबिच वार्ता
सारांश
- सरकार र नागरिक बचाउ अभियानको टोलीबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भयो।
- वार्तामा सरकारका तर्फबाट सञ्चारमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारहरू सहभागी थिए।
- आजको वार्ताको निचोडपछि अभियानको टोलीले प्रधानमन्त्रीसँग वार्ता गर्नेछ।
काठमाडौँ । सरकारद्धारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका टोलीबिच वार्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो ।
वार्तामा सरकारकातर्फबाट सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियानका प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन् । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका हुन् ।
आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।
सरकारले निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो ।
सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न केहिदिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।
कानुनमन्त्री अनिल सिंन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
उक्त समिति अन्तर्गत राजनीतिक दल र विभिन्न पक्षहरूसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको थियो । सोही समितिले आज अभियानका टोलीसँग वार्ता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण