शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फेरि वृन्दावन पुगेका कोहली दम्पतीलाई प्रेमानन्दले के भनेर सम्झाए ?

मङ्गलबार, ०१ पुस २०८२, २० : ०५
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • विराट कोहली र अनुष्का शर्माले वृन्दावनमा सन्त प्रेमानन्द जी महाराजसँग भेट गरी आशीर्वाद लिएका छन्।
  • भेटमा प्रेमानन्द महाराजले विराट र अनुष्कालाई जीवन र ईश्वर सम्बन्धी महत्त्वपूर्ण शिक्षा दिए।
  • कोहली विजय हजारे ट्रफी र न्युजिल्यान्डविरुद्धको खेलमा सहभागी हुनेछन्।

वृन्दावन । भारतीय क्रिकेट टिमका स्टार खेलाडी विराट कोहली र उनकी पत्नी अनुष्का शर्माले एकपटक फेरि वृन्दावनको भ्रमण गर्दै सन्त प्रेमानन्द जी महाराजसँग भेटेर आशीर्वाद लिएका छन् ।

यो भेटका क्रममा विराट कोहली शान्त र प्रसन्न मुद्रामा देखिएका थिए भने अनुष्का शर्मा निकै भावुक बनेकी थिइन् । 

भजन मार्गको आधिकारिक इन्स्टाग्राम अकाउन्टमा साझा गरिएको एक भिडियोमार्फत यो भेट सार्वजनिक भएको हो । भिडियोमा प्रेमानन्द महाराजले विराट र अनुष्कालाई जीवनसँग जोडिएका महत्त्वपूर्ण शिक्षा दिइरहेको देखिन्छ । उनले आफ्नो कामलाई भगवानको सेवा मानेर गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रेमानन्दले दुवैलाई उपदेश दिँदै भने, 'आफ्नो कार्यलाई सेवा सम्झनुहोस्, सधैं गम्भीर र विनम्र रहनुहोस् र भगवानको नाम जपिरहनुहोस् । मनमा ईश्वरलाई हेर्ने र उनलाई पाउने साँचो इच्छा हुनुपर्छ ।' 

क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका कोहली अब विजय हजारे ट्रफी र न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृङ्खलामा खेल्दै देखिनेछन् । 

यो जोडीको यो वर्ष वृन्दावनको तेस्रो भ्रमण हो । हालै ब्रिटेनबाट भारत फर्किएका विराट र अनुष्का यसअघि जनवरीमा पनि प्रेमानन्दको आशीर्वाद लिन वृन्दावन पुगेका थिए । त्यस्तै मेमा कोहलीले टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेको ठीक एक दिनपछि पनि दुवैले महाराजजीसँग भेट गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप