गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान
सारांश
- गण्डकी विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि प्रदेश सरकारले आवेदन आह्वान गरेको छ।
- उपकुलपति सिफारिसका लागि गठित समितिले १५ दिनभित्र आवेदन दिन सूचना जारी गरेको छ।
- संशोधित ऐनअनुसार उपकुलपति बन्न विद्यावारिधि, ८ वर्षको अनुभव र ४० वर्ष उमेर पूरा हुनुपर्नेछ।
पोखरा। प्रदेश सरकारद्वारा सञ्चालन हुँदै आएको गण्डकी विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ । उपकुलपति सिफारिसका लागि गठित समितिले सूचना प्रकाशन गर्दै इच्छुक तथा योग्य व्यक्तिहरूबाट दरखास्त माग गरेको हो ।
समितिले तयार पारेको छुट्टै कार्यविधिअनुसार उपकुलपति चयन प्रक्रिया अघि बढाइने जनाइएको छ । सोही कार्यविधिका आधारमा प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्नेछ । आवेदनका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
प्रदेश सरकारले हालै विश्वविद्यालय ऐन संशोधन गर्दै उपकुलपति पदका लागि आवश्यक योग्यता थप कडा बनाएको छ । संशोधित ऐनअनुसार अब उपकुलपति बन्न उम्मेदवारले विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा ८ वर्षको कार्य अनुभव र ४० वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।
समितिका अनुसार योग्यता पूरा गरेका इच्छुक उम्मेदवारहरूबाट प्रतिस्पर्धात्मक र पारदर्शी ढंगले उपकुलपति छनोट गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण