एनएमबि बैंकको अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु
बुधबार, ०२ पुस २०८२, ०१ : ०१
सारांश
- एनएमबि बैंकले ग्राहकका लागि अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ।
- यस सुविधाबाट ग्राहकले आफ्नो कर्जा आवेदनको अवस्था वास्तविक समयमा थाहा पाउन सक्नेछन्।
- यसले शाखा धाउनुपर्ने वा फोन गर्नुपर्ने झन्झटलाई कम गर्नेछ।
काठमाडौँ। एनएमबि बैंकले ग्राहकलाई लक्षित गर्दै अनलाइन कर्जा ट्र्याकिङ सुविधा सुरु गरेको छ । यस सुविधामार्फत व्यक्तिगत तथा साना मझौला कर्जाका लागि आवेदन दिएका ग्राहकले वास्तविक समयमा आफ्नो कर्जा प्रक्रियाको अवस्था थाहा पाउन सक्नेछन् ।
कर्जाका लागि आवश्यक कागजात बुझाएपछि बैंकले प्रदान गर्ने ‘ट्र्याकिङ नम्बर’ प्रयोग गरी ग्राहकले बैंकको वेबसाइटको डिजिटल बैङ्किङ खण्डमा गई अनलाइन कर्जा ट्र्याकिङमार्फत आवेदनको प्रगति हेर्न सक्नेछन् । यसले शाखा धाउनुपर्ने वा फोन गर्नुपर्ने झन्झट हटाउने बैंकको विश्वास छ ।
बैंकका अनुसार यो सुविधाले कर्जा प्रक्रियामा सहजता र पारदर्शिता बढाउनेछ । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण