उज्यालो गण्डकीले पुसभित्रै जिल्ला र पालिकाको संगठन विस्तार गर्ने
बुधबार, ०२ पुस २०८२, १० : ३८
सारांश
- उज्यालो नेपाल पार्टीले पुस महिनाभित्रै गण्डकी प्रदेशका ११ वटै जिल्ला र ८५ पालिकामा संगठन विस्तार गर्ने जनाएको छ।
- पार्टीका प्रदेश संयोजकका अनुसार, पुस १० भित्रै ११ जिल्ला संयोजक तोक्ने तयारी छ।
- चुनावको समय छोटो भएकोले तदर्थ समिति बनाएर काम चलाउने निर्णय गरेको बताइएको छ।
पोखरा । उज्यालो नेपाल पार्टीले पुस महिनाभित्रै गण्डकी प्रदेशका ११ वटै जिल्ला र ८५ पालिकाको संगठन विस्तार गर्ने जनाएको छ ।
सो पार्टीका प्रदेश संयोजक मनराज गुरुङले पुस १० भित्रै ११ जिल्ला संयोजक तोक्न लागिएको बताए । त्यसपछि पालिकाका संयोजक तोकेर चुनावी तयारी थाल्ने उनले बताए । समय छोटो भएकोले चुनावअघि पूरा संगठन भन्दा तदर्थ समितिबाट काम चलाउन लागिएको उनको भनाइ छ ।
‘चुनावको सम्मुखमा छौं । अहिले एकदम आधिकारिक संगठन नै बनाएर अगाडि बढ्न अलिकति गाह्रो छ,’ उनले भने, ‘त्यसैले हामीले तदर्थ समितिहरू नै बनाएर जाने निर्णय गरेका छौं ।’
यसका लागि सुरुमा जिल्ला संयोजकहरू तोकिने र लगत्तै पालिका संयोजकहरूको जिम्मेवारी बाँडफाँड गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण