महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्छ : शंकर पोखरेल
बुधबार, ०२ पुस २०८२, १४ : ३०
सारांश
- शंकर पोखरेलले महाधिवेशनपछि एमाले अझै एक ढिक्का हुने बताए।
- उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यास भने।
- पोखरेलले एमाले राष्ट्रिय चुनौतीको सामना गर्न सक्षम रहेको बताए।
काठमाडौँ । नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका छन् । बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखा परे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने बताएका हुन् ।
उनले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । राष्ट्रिय राजनीतिमा देखापर्ने चुनौतीहरूको सामना गर्न एमाले सक्षम रहेको उनको भनाइ छ ।
एमालेको नेतृत्वमा जो आए पनि राष्ट्रिय राजनीतिका चुनौतीलाई सामना गर्दै मुलुकलाई सही बाटोमा लिएर जाने कुरामा सफलता प्राप्त गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण