एनसेल फाउन्डेसनले एनपीएलका चौकाबापत २ हजार ४ सय भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने
काठमाडौँ । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका क्रममा गरिएको प्रतिबद्धता अनुसार देशभरका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई २ हजार ४ सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।
प्रतियोगितामा प्रहार हुने प्रत्येक चौकाबापत चार वटा शैक्षिक सामग्री वितरण गर्ने सामाजिक पहल अन्तर्गत एनसेलले यो घोषणा गरेको हो। यस पहलले क्रिकेटको उत्साहलाई शिक्षासँग जोड्दै विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्य राखेको छ।
यस वर्षको एनपीएलमा ९९ जना खेलाडीले कुल ६०७ वटा चौका प्रहार गरेका थिए। सोही आधारमा २ हजार ४ सय २८ वटा शैक्षिक किट वितरण गरिने निश्चित भएको हो। वितरण गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर लगायतका आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुनेछन्।
रोसिङ्टनद्वारा सबैभन्दा धेरै सामग्री सुनिश्चित
प्रतियोगितामा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्री सुनिश्चित गरे। त्यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्टले २६ चौकासहित १०४ वटा र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले २३ वटा चौका प्रहार गर्दै ९२ वटा शैक्षिक सामग्री सुनिश्चित गरेका छन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले मैदानमा टिमलाई मात्र नभई विद्यार्थीको भविष्यलाई पनि सहयोग पुर्याएको बताइन्। उनले आवश्यक सरोकारवालाहरूसँग सहकार्य गर्दै विपन्न सरकारी विद्यालयका विद्यार्थीहरूलाई यी सामग्री हस्तान्तरण गरिने जानकारी दिइन्।
उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार
एनपीएलको ‘पावर्ड बाइ’ साझेदार रहेको एनसेलले प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो।
साथै, प्रतियोगिताभर सबैभन्दा धेरै चौका प्रहार गर्ने एडम रोसिङ्टनलाई २ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
गत वर्ष पहिलो संस्करणमा पनि फाउन्डेसनले देशभर ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो। यस वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कर्मयोग फाउन्डेसनको समन्वयमा सामग्री वितरण गरिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण