‘बाबा निराला’ को रूपमा फर्कदै बबी देओल
काठमाडौँ । बलिउड अभिनेता बबी देओलको चर्चित वेब सिरिज ‘आश्रम’ को चौथो सिजनको प्रतीक्षा गरिरहेका फ्यानहरूका लागि ठूलो अपडेट बाहिर आएको छ ।
सिरिजमा ‘बबिता भाभी’ को भूमिका निभाएर चर्चामा रहेकी अभिनेत्री त्रिधा चौधरीले आगामी सिजनको बारेमा महत्वपूर्ण जानकारी दिएकी हुन् ।
‘आश्रम’ का तीनवटै सिजन सफल भएपछि दर्शकहरू बाबा निरालाको आगामी कथा हेर्न आतुर छन्। बलिउड हङ्गामालाई दिएको एक अन्तर्वार्तामा त्रिधाले ‘आश्रम ४’ को काम चाँडै सुरु हुन लागेको बताएकी छन्। उनले भनिन्, ‘हामी चाँडै यसमा काम सुरु गर्दैछौँ। सन् २०२६ मा ‘आश्रम ४’ को सुटिङ सुरु हुनेछ र निर्माण पक्षले दर्शकलाई ठूलो सरप्राइज दिने तयारी गरिरहेको छ ।’
त्रिधाको यस भनाइ अनुसार यो चर्चित सिरिज सन् २०२६ को अन्त्य वा २०२७ को सुरुवातमा दर्शकमाझ आउने अनुमान गरिएको छ ।
अन्तर्वार्ताका क्रममा त्रिधाले आफूले यो भूमिका कसरी पाइन् भन्ने रोचक किस्सा पनि सुनाएकी छन्। उनले एक सुपरमार्केटमा कास्टिङ निर्देशक माधवी भट्टसँग भेट भएको र उनले नै निर्देशक प्रकाश झा यस भूमिकाका लागि त्रिधालाई विचार गरिरहेको बताएको खुलासा गरिन् ।
सुरुमा निर्देशक प्रकाश झालाई त्रिधा यस भूमिकाका लागि केही सानो देखिन्छिन् जस्तो लागेको थियो। त्यसपछि उनले बबिता भाभीको चरित्रमा फिट हुनका लागि आफ्नो तौल बढाएकी थिइन् ।
तौल बढाएर पुनः निर्देशकलाई भेट्न जाँदा उनले त्रिधालाई यस भूमिकाका लागि ’पर्फेक्ट’ मानेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण