गरिमा विकास बैंकद्वारा ६.४९ प्रतिशतमा गरिमा आवास कर्जा
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीको अब आफ्नै घरको सपना साकार गर्न आकर्षक ६.४९ प्रतिशत ब्याजदरमा “गरिमा आवास कर्जा” योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत विकास बैंकले अधिकतम ३० वर्षसम्मका लागि सरल र झन्झट रहित तवरबाट सजिलो आवास कर्जा उपलब्ध गराउने छ ।
गरिमा विकास बैंक लिमिटेडको सबै शाखा कार्यालयहरूमा उपलब्ध हुने योजनामा ग्राहकले धितो मूल्याङ्कनको अधिकतम ८० प्रतिशत सम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरूले सहज रूपमा कर्जा सार्न समेत सक्नेछन् ।
ग्राहकहरूलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात पेस गरेको ३ कार्य दिन भित्र विकास बैंकले कर्जा स्वीकृत गर्नेछ ।
नयाँ घर खरिद गर्न, नयाँ घर निर्माण गर्न तथा पुरानो घर मर्मत तथा पुनर्निर्माण गर्नका लागि यस योजना अन्तर्गतको आवास कर्जा उपभोग गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण