बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेशनल घर निर्माण फेस्ट–२०८२ को प्रायोजकमा शिवम् सिमेन्ट

बुधबार, ०२ पुस २०८२, १६ : २९
बुधबार, ०२ पुस २०८२

काठमाडौँ । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच ‘नेशनल घर निर्माण फेस्ट–२०८२’ को आयोजना तथा प्रवर्द्धनका लागि द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता अनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने यस मेलाको ‘पावर्ड बाई’ प्रायोजकको रूपमा शिवम् सिमेन्ट आबद्ध भएको हो।

घर निर्माण, परामर्श तथा प्रविधिमुखी यो राष्ट्रिय स्तरको प्रदर्शनी आगामी २०८२ साल पुस १२ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। प्रदर्शनीमा सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुन लागेको यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी सीप, परामर्श, सामग्री साथै नेपाल भरिका निर्माण व्यावसायीहरू र प्रविधिहरू एउटै थलोमा प्रस्तुत गरिनेछ। कार्यक्रमले गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य बोकेको छ।

यसैगरी, एक्स्पोको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने उद्देश्यसहित संसारकै सबैभन्दा ठूलो इट्टा प्रदर्शनीमा राखिने जानकारी दिइएको छ। उक्त प्रयासले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ। नेशनल घर निर्माण एक्स्पो–२०८२ ले सम्बन्धित सरोकारवाला र आम उपभोक्तालाई घर निर्माणसम्बन्धी नवीन जानकारी र अनुभव साटासाट गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकको छ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओ.पि.सि. सिमेन्टले देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरूका साथै अनेकौँ संरचना निर्माणमा समेत विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ।

उच्च गुणस्तर र निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरूद्वारा अत्यधिक रुचाइएको तथा विश्वास गरिएको ‘असली ओ.पि.सि. सिमेन्ट’ बन्न सफल भएको कम्पनीको दाबी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप