एमाले महाधिवेशन
एमाले निर्वाचन : प्रतिनिधिहरूलाई ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्न आग्रह
बुधबार, ०२ पुस २०८२, १६ : ५९
सारांश
- एमालेको ११औँ महाधिवेशनमा निर्वाचन जारी छ, प्रतिनिधिहरूले मतदान गर्दैछन्।
- भृकुटीमण्डपमा मतदान भइरहेको छ, ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्न आग्रह गरिएको छ।
- निर्वाचन आयोगका सचिव कुन्साङ लामाका अनुसार ८ बजेपछि मतदानस्थलमा प्रवेश निषेध गरिनेछ।
काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा अहिलेसम्म मतदान जारी छ । राजधानीको भृकुटीमण्डपमा भइरहेको मतदान प्रक्रिया सहभागी प्रतिनिधिहरूलाई टोकन लिएर राति ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह निर्वाचन आयोगले गरेकाे छ ।
‘अहिले टोकन बाँडिरहेका छौँ । गेट बाहिर रहनुभएका प्रतिनिधि टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टरमा पुग्नुपर्ने सूचना जारी गरेका छौँ’ आयोगका सचिव कुन्साङ लामाले भने ।
त्यसपश्चात मतदानस्थलमा पस्न नपाइने जानकारी गराइएको समेत लामाले बताए । एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता सहभागी रहेका छन् । निर्वाचनमा अहिलेसम्म ७ सय मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण