पूर्वसचिव कार्कीसहित चार प्रतिवादीलाई पाँच अर्ब २५ करोड बिगोको मुद्दा दायर
सारांश
- नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध ठगी मुद्दा दर्ता गरिएको छ, जसमा ५ अर्ब २५ करोडको बिगो कायम गरिएको छ।
- तत्कालीन सचिव र थामसेर्कु ट्रेकिङका अध्यक्षलगायतलाई प्रतिवादी बनाइएको छ, जसले ट्रस्टलाई ६ अर्ब दिने प्रस्ताव गरे पनि कम रकममा सम्झौता गरेका थिए।
- सीआईबीको अनुसन्धानपछि, जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ, जसमा तीन जनालाई ५ वर्ष कैद सजाय माग गरिएको छ।
काठमाडौँ । नेपाल ट्रस्टको जग्गा प्रकरणमा तीन जना र एक कम्पनीविरुद्ध बुधबार ठगी मुद्दा दर्ता भएको छ । नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको हाे ।
तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर गरेको हो ।
प्रतिवादी बनाइएकाहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भएपनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ । यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको निष्कर्ष छ ।
२०७४ जेठ १४ गते भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको पाइएको छ ।
नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित कित्ता नं. ४६०६ को १–१४–०–३–५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिका बिचमा निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले बुधबार मुद्दा दायर गरेको हो । जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण