एमाले महाधिवेशन
एमाले महाधिवेशन अपडेट: बिहान ४ बजेसम्म १९८२ मत खस्यो
बिहीबार, ०३ पुस २०८२, ०४ : १२
सारांश
- भृकुटीमण्डपमा नेकपा एमालेको नेतृत्व चयनका लागि जारी निर्वाचनमा १९८२ मत खसेको छ।
- निर्वाचन आयोगका अनुसार २२६३ मतदातामध्ये अब २८१ मत खस्न बाँकी छ।
- अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय ८२ मत खसेको छ ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत खसेको हो ।
जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब २ सय ८१ मत खस्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बिहान ६ बजेसम्ममा मतदान कार्य सम्पन्न हुने अनुमान गरिएको छ ।
हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदका लागी छुट्टा–छुट्टै प्यानलसहित चुनावी मैदामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण