वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै
सारांश
- श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारी ठगी नियन्त्रण गर्न सीआईबीसहितको संयन्त्र बनाउने तयारीबारे जानकारी दिए।
- मन्त्रीका अनुसार, ठगीमा संलग्नलाई कारबाही गर्न सीआईबी, अपराध महाशाखा र बेचबिखन विरुद्धका टोली परिचालन गरिनेछ।
- आईएलओको सहकार्यमा तयार पारिएको 'नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२४' सार्वजनिक गरियो, आप्रवासनलाई व्यवस्थित गर्ने योजना छ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको विशेष संयन्त्र निर्माणको तयारी भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले ठगीमा संलग्नहरूलाई कानुनी कठघरामा ल्याउन सीआईबी, अपराध महाशाखा र चेलीबेटी बेचबिखन विरुद्धका टोलीहरूलाई सक्रिय बनाउन लागिएको जानकारी दिए। सुशासनको सुरुवात गर्न वैदेशिक रोजगार क्षेत्रको बेथिति अन्त्य गर्नु अनिवार्य रहेको उनको भनाइ छ।
कार्यक्रममा श्रम मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा तयार पारिएको ‘नेपाल लेबर माइग्रेसन रिपोर्ट २०२४’ सार्वजनिक गरिएको छ। मन्त्री भण्डारीले आप्रवासी जनशक्तिको सम्मान गर्दै उनीहरूको सीप र अनुभवलाई मुलुकको आत्मनिर्भरतामा जोड्न आवश्यक रहेको उल्लेख गरे। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन आफू प्रतिबद्ध रहेको र यसका लागि दिनरात नभनी काम गरिरहेको स्पष्ट पारे।
आईएलओका देशीय निर्देशक नुमान ओज्कानले आप्रवासीहरूको सुरक्षा र हकहितका लागि अन्तर्राष्ट्रिय सहकार्यको महत्त्वमा जोड दिएका छन्। मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले आप्रवासनलाई रोक्न सम्भव नभएकाले यसको सही व्यवस्थापनका लागि प्रभावकारी रणनीति बनाउनु पर्ने धारणा राखे। मन्त्रालयले यस वर्ष सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण