सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना

बिहीबार, ०३ पुस २०८२, १९ : ०४
बिहीबार, ०३ पुस २०८२

सारांश

  • मिराज ढुंगानाले वर्तमान सरकारले आन्दोलनकारीको मागअनुसार काम नगरेको आरोप लगाए।
  • उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै घाइतेलाई विदेश पठाउन खोज्नु बेइज्जतपूर्ण रहेको बताए।
  • ढुंगानाले सरकार र जेनजी समूहबीचको सम्झौतालाई 'ललिपप' को संज्ञा दिए।

काठमाडौँ । जेनजी आन्दोलनका प्रतिनिधि मिराज ढुंगानाले विद्रोहपछि गठन भएको वर्तमान अन्तरिम सरकारले आन्दोलनकारीको माग र अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। 

बिहीबार काठमाडौँमा आयोजित ‘जेनजी आन्दोलनको एक सय दिन: उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। विगतका सरकारहरूको असफलताका कारण मुलुक वर्तमान सङ्कटपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै उनले अहिलेको सरकारले केही नबिगार्दैमा त्यसलाई राम्रो भन्न नसकिने तर्क गरे।

ढुंगानाले जेनजी आन्दोलनमा सचेत र निराश दुवै वर्गका नागरिक सहभागी भएको चर्चा गर्दै सरकारले उनीहरूको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाए। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम गर्नुपर्नेमा सरकारले आन्दोलनका घाइतेहरूलाई वैदेशिक रोजगारीमा पठाउन खोज्नु बेइज्जतीपूर्ण रहेको उनको भनाइ छ।

 उनले सरकार र जेनजी समूहबिच भएको पछिल्लो सम्झौतालाई 'ललिपप' को संज्ञा दिँदै त्यसलाई आफूहरूले सर्वमान्य नमान्ने स्पष्ट पारे। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सुशासन र रोजगारी सिर्जनामा ध्यान दिनुको सट्टा अनैतिक नियुक्तिहरूमा अल्झिएको उनले दाबी गरे।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप