मधेसकाे मुख्यमन्त्री कार्यालय गृह मन्त्रालयमा सारिने
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारिने भएको छ ।
जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा आगजनी भएपछि हाल मधेस भवनभित्र रहेको कवर्ड हलबाट अस्थायी रूपमा कार्यालय सञ्चालन हुँदै आएको छ ।
तर, उक्त स्थानमा मुख्यमन्त्रीको कार्यकक्ष समेत नहुँदा समस्या हुँदै आएको थियो । केही समयअघि गृह, सञ्चार तथा कानुन मन्त्रालयमा मन्त्री बस्ने कक्षलाई नै मुख्यमन्त्रीको कार्यकक्षका रूपमा प्रयोग गर्दै आएकोमा अब मुख्यमन्त्री कार्यालय नै सोही मन्त्रालयमा सार्ने मुख्यमन्त्रीस्तरीय निर्णय भएको छ ।
मुख्यमन्त्री कार्यालयका उपसचिव रोहित कोइरालाका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयमा आवश्यक पत्राचार समेत भइसकेको छ ।
यससँगै हाल मुख्यमन्त्री कार्यालय सञ्चालन हुँदै आएको कवर्ड हलमा गृह, सञ्चार तथा कानुन मन्त्रालय सारिने तयारी गरिएको उपसचिव कोइरालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण