रास्वपाद्वारा समानुपातिकतर्फ कर्णालीका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
सारांश
- रास्वपाले कर्णाली प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
- उम्मेदवारहरूसँग छलफल पौष ५ गते सुर्खेतमा हुनेछ, र घरदैलो कार्यक्रम पौष ६ र ७ गते सञ्चालन हुनेछ।
- पार्टीले उम्मेदवारहरूलाई तयारी गर्न र छुटेका नामहरू प्रदेश सभापतिमार्फत जानकारी गराउन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत कर्णाली प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार कर्णाली प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते बिहान ११ः०० बजेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश कार्यालय, बिरेन्द्रनगर–९, लाटिकोइली, सुर्खेतमा हुनेछ ।
उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।
यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।
उम्मेदवारको सूची:


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण