टिकटकमाथि प्रतिबन्ध टर्यो, अमेरिकी व्यवसायको बहुमत हिस्सा बेच्न बाइटडान्स सहमत
सारांश
- बाइटडान्सले टिकटकको अमेरिकी व्यवसायको बहुमत हिस्सा अमेरिकी लगानीकर्तालाई बेच्ने सम्झौता गरेको छ।
- सम्झौता अनुसार, ओराकल, सिल्भर लेक र एमजीएक्स लगायतका लगानीकर्ताहरूको समूहले ५० प्रतिशत हिस्सा लिनेछन्।
- यो सम्झौताले अमेरिकामा टिकटकमाथि लाग्ने प्रतिबन्धलाई टारेको छ र अमेरिका-चीन सम्बन्धमा तनाव कम भएको संकेत गर्छ।
वासिङ्टन डिसी । टिकटकको चिनियाँ स्वामित्व रहेको कम्पनी बाइटडान्सले आफ्नो अमेरिकी व्यवसायको बहुमत हिस्सा बेच्न अमेरिकी र विश्वव्यापी लगानीकर्ताहरूसँग बाध्यात्मक सम्झौतामा हस्ताक्षर गरेको छ ।
टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साउ जी च्युले बिहीबार कर्मचारीहरूलाई पठाएको मेमोमा यो जानकारी दिएका हुन् । यो सम्झौतासँगै अमेरिकामा टिकटकमाथि लाग्ने भनिएको प्रतिबन्ध टरेको छ ।
सम्झौता अनुसार अब टिकटकको अमेरिकी संयुक्त उद्यमको ५० प्रतिशत हिस्सा ओराकल, सिल्भर लेक र इमिरेटी लगानी फर्म एमजीएक्स लगायतका लगानीकर्ताहरूको समूहको स्वामित्वमा हुनेछ । बाइटडान्ससँग व्यवसायको १९.९ प्रतिशत हिस्सा मात्र रहनेछ भने ओराकल, सिल्भर लेक र अबुधाबीस्थित एमजीएक्सले १५–१५ प्रतिशत हिस्सा ओगट्नेछन् । बाँकी ३०.१ प्रतिशत हिस्सा बाइटडान्सका विद्यमान लगानीकर्ताका सहयोगी संस्थाहरूमा रहने बताइएको छ । यो सम्झौता २२ जनवरीमा सम्पन्न हुनेछ ।
यो सम्झौतासँगै वासिङ्टनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै बाइटडान्सलाई अमेरिकी सञ्चालन बेच्न वा प्रतिबन्धको सामना गर्न वर्षौँदेखि दिँदै आएको दबाब अन्त्य भएको छ । यो कदम गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा ढिलाइ गरेपछि सार्वजनिक भएको योजना अनुरुप नै अघि बढेको हो ।
सन् २०२४ को अप्रिलमा जो बाइडेन प्रशासनका बेला अमेरिकी संसद्ले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै एप बिक्री नभए प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो । उक्त प्रतिबन्ध सन् २०२५ को जनवरी २० देखि लागू हुने तय भएको थियो तर ट्रम्प प्रशासनले स्वामित्व हस्तान्तरणको काम मिलाउन यसलाई पटक–पटक पर धकेलेको थियो ।
ह्वाइट हाउसले यसअघि नै ट्रम्प समर्थक ल्यारी एलिसन सह–संस्थापक रहेको ओराकलले सम्झौताको एक भागको रूपमा टिकटकको ‘रिकमेन्डेसन एल्गोरिदम’ को लाइसेन्स लिने बताएको थियो । ट्रम्पले सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग फोनमा कुरा गरेको र सीले सम्झौतालाई अघि बढाउन अनुमति दिएको बताएका थिए ।
म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक अल्भिन ग्रेका अनुसार यो घटनाक्रमले अमेरिका–चीन सम्बन्धमा तनाव कम भएको संकेत गरेको छ । बेइजिङले संरचना र एल्गोरिदम लाइसेन्समा सहमति जनाउनुले आत्मसमर्पण भन्दा पनि तनाव कम गर्ने रणनीतिको रूपमा हेरिएको छ, जसले दुवै देशलाई आ–आफ्नो जित दाबी गर्ने बाटो खोलिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण