महाधिवेशनसँगै प्यानल र पक्ष/विपक्ष पनि सकियाे : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन सकिएसँगै प्यानल पनि सकिएको बताएका छन् ।
महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल र पक्ष/विपक्ष पनि सकिएकाे बताएका हुन् ।
उनले सानातिना कमजोरीहरू भएपनि ११औँ राष्ट्रिय महाधिवेशनलाई अनेक कोणबाट सफलताको महाधिवेशनको संज्ञा समेत दिए ।
बहुआयामिक र सर्वपक्षीय सफलताका अगाडि रहेका सानातिना कमजोरी गौण हुने समेत ओलीले बताए । एकताको भावना र नयाँ उचाइका साथ अगाडि बढ्नुपर्नेमा समेत ओलीले जाेड दिए ।
उनले पार्टीभित्र समयसमयमा केही समस्या देखापर्ने गरेको भन्दै आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्ने कामना गर्नुपर्ने बताए ।
ओलीले दोस्रो विधान महाधिवेशनले पारित गरेका वैचारिक, कार्यक्रमिक नीतिअनुसार एकस्वर भएर (परेडमा आर्मीले मार्च गरेजस्तो ) ताल र सुरमा अघि बढ्ने विश्वास व्यक्त गर्दै त्यसरीमात्र सफलतामा पुगिने बताए ।
‘असन्तुष्टि नेतृत्वसमक्ष व्यक्त गर्दा हुन्छ, मौखिक र लिखित रूपमा गर्दा हुन्छ । सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठामा अलिकति पनि आँच पुग्ने खालका कुराहरू नआउन् भन्ने म आग्रह गर्दछु’, ओलीले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै सुदृढ अनुशासनमा बस्न आग्रह गरे ।
अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक पार्टी भएकाले पार्टीका हरेक व्यक्ति स्वतन्त्र रहने भएपनि स्वतन्त्रताका नाममा पार्टीको सामूहिक निर्णयविरुद्ध निजी हित भनेर चल्न नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण