केपी ओली भन्छन् : ७६ वर्षको इतिहास बोकेको पार्टीमा जेनजी अटाउनु सानो कुरा होइन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको कुरा गर्ने तर एमालेले कामले नै देखाउने दाबी गरेका छन् ।
११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘नेतृत्वमा केही नयाँ पीँढीलाई पनि ल्याऔँ, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अरूले कुरा गर्छन्, हामीले कामले देखाएका छौ’, ओलीले भने,‘ हामीभित्र यस्तो सन्तुलनकारी नेतृत्व छ । नयाँ पुस्ता पनि र महिलाहरूको राम्रो सहभागिता छ । अनुभवीदेखि उत्साही पुस्तासम्म ।’
उनले ७६ वर्षको इतिहास भएको पार्टीमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा नभएको बताए । नेतृत्वको निरन्तरतासहित एमाले अघि बढेको भन्दै उनले पहिलो बैठकबाट केही कामको प्रारम्भ गर्ने घोषणा गरे । उनले भने, ‘तीन हप्ताको आसपासमा अर्को केन्द्रीय कमिटी बैठक गर्छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण