ओलीको निर्देशन : बैठकभित्र मोबाइल बज्नुहुँदैन
शुक्रबार, ०४ पुस २०८२, १५ : ४७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा मोबाइल नबजाउन निर्देशन दिएका छन् ।
११औँ महाधिवेशनपछि शुक्रबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो निर्देशन दिएका हुन् । बैठकमा ओली बोल्दै गर्दा एक नेताको मोबाइलमा घण्टी बजेपछि ओलीले आपत्ति जनाउँदै यस्तो निर्देशन दिएका हुन् । ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन’, ओलीको निर्देशन थियो ।
बैठकमा ओलीले आफूलाई विरोध गर्नुपर्ने कुनै काम नगर्ने समेत बताए । एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै उनले भने,‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोइ बोलेका ? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण