वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि नयाँ मन्त्रीले खारेज गरिदिए
सारांश
- वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ।
- श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै शुल्क कायम गरेका हुन्।
- पहिले ६,५०० बाट बढाएर ९,५०० पुर्याइएको शुल्कलाई फेरि ६,५०० कायम गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् ।
यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्याएको थियो । सरकारले यो निर्णय खारेज गर्दै पुरानै अर्थात छ हजार ५०० कायम गरेको हो ।
शुल्क वृद्धिले वैदेशिक रोजगारमा जाने गरिबी र विपन्न अवस्थाका कामदारमाथि निकै भार परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।
यसअघि तत्कालीन श्रममन्त्री शरदसिंह भण्डारीले भण्डारीले २०८१ मङ्सिरमा मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परीक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गराएका थिए । त्यतिबेला पनि विरोधपछि सो शुल्क कार्यान्वयन प्रक्रिया रोकिएको थियो। गत मंसिरमा पुन बढाइएको शुल्क मन्त्रिस्तरीय निर्णयबाट पुन: खारेज गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण