जेनजी आन्दोलनपछि मधेसीले नै संघीयता जोगाए – सीके राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी आन्दोलनपछि मुलुकको संघीयता र संसदीय व्यवस्थामाथि प्रहार हुन थालेको भए पनि मधेसी समुदायकै कारण त्यो जोगिएको दाबी गरेका छन् ।
मधेस एकता समाजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘परिवर्तनशील समयमा मधेस’ विषयक विचार मन्थन कार्यक्रममा राउतले बदलिएको राजनीतिक परिस्थितिमा मधेसको अस्तित्व र स्थान कहाँ छ भनी आफूहरूले खोजी गरिरहेको पनि बताए ।
कार्यक्रममा राउतले जेनजी आन्दोलनपछि आफूले मधेसको मुद्दा र स्थानबारे प्रश्न उठाउँदा एक शीर्ष जेनजी नेताले आफूलाई धम्की दिएको पनि खुलासा गरे । 'जेनजी आन्दोलनपछि मैले मधेस खोज्न थालेपछि एक शीर्ष जेनजी नेताले मलाई धम्की दिए,' उनले भने ।
आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदहरूले राजीनामा दिएको स्मरण गर्दै उनले पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको पाएपछि आफूहरू झस्किएको बताए । मधेसबाट आवाज नउठेको भए यो परिवर्तनपछि संघीयता नै समाप्त हुने खतरा रहेको तर मधेसले त्यसलाई रोकेको उनको दाबी छ ।

मधेसले पहिचान र अधिकार सित्तैमा नपाएको उल्लेख गर्दै राउतले यसका लागि धेरैले बलिदानी दिएका बताए । समानुपातिक निर्वाचन प्रणालीकै कारण आज मधेसका दलित, मुस्लिम र जनजातिहरू संसद्सम्म पुग्न सफल भएका र आरक्षणको व्यवस्थाले उत्पीडित समुदायले राज्यको मूलधारमा ठाउँ पाएको उल्लेख गरे ।
डा. राउतले आन्दोलनपछिको शक्ति सन्तुलनमा नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाए । 'नेपाली सेनाले देशको राजनीति आफ्नो हातमा लिएर सम्झौता गर्दा मधेसले किन कुनै ठाउँ पाएन ? उनले प्रश्न गरे,'सेनाले मधेसीलाई किन प्रधानमन्त्री बनाएन ?'
यद्यपि, पछिल्लो समय जेनजीले गरेको सम्झौतामा मधेसी, थारू र आदिवासी जनजातिका सवालहरूलाई सम्बोधन गर्ने प्रयास गरिएको भन्दै उनले त्यसलाई सकारात्मक रूपमा लिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण