राप्रपा अध्यक्ष लिङ्देन झापा–३ बाट उम्मेदवार सिफारिस
शनिबार, ०५ पुस २०८२, २२ : २८
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने भएका छन् ।
पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्य समितिको आज सम्पन्न बैठकले उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।
यसअघि उनी सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन ।
पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समिति समक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण