अपाङ्ग बालबालिकामाथि कुटपिट गर्ने बोर्डिङ स्कुलका चार जना पक्राउ
सारांश
- कर्नाटकको बागलकोटमा रहेको अपाङ्ग बालबालिकाको बोर्डिङ स्कुलमा कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा स्कुलका सञ्चालक दम्पती र दुई शिक्षक छन्, जसले बालबालिकालाई बेल्टले कुटेको आरोप छ।
- प्रहरीले घटनासम्बन्धी मुद्दा एससी-एसटी ऐन र जुवेनाइल जस्टिस ऐन अन्तर्गत दर्ता गरेको छ, अनुसन्धान जारी छ।
काठमाडाैँ। कर्नाटकको बागलकोट जिल्लामा अवस्थित अपाङ्ग बालबालिकाका लागि सञ्चालित एक बोर्डिङ स्कुलमा बालबालिकामाथि बेल्टले कुटपिट गरिएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीय अक्षय, ३१ वर्षीया आनन्दी तथा स्कुलका दुई जना शिक्षक रहेका छन् । अक्षय र आनन्दीको नाममा दर्ता भएका गैरसरकारी संस्थामार्फत उक्त बोर्डिङ स्कुल सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अभिभावकहरूबाट प्राप्त भिडियो फुटेजमा स्कुलका कर्मचारीहरूले बालबालिकालाई बेल्टले कुटपिट गरिरहेको स्पष्ट देखिन्छ । उक्त भिडियो स्कुलका पूर्वकर्मचारीहरूले अभिभावकहरूलाई उपलब्ध गराएका हुन् । ती कर्मचारीहरूलाई हालै मात्र स्कुलबाट निष्कासन गरिएको थियो ।
बागलकोटका प्रहरी उपरीक्षक सिद्धार्थ गोयलका अनुसार उक्त भिडियो करिब तीन महिना अघि कर्मचारीहरूले रेकर्ड गरेका थिए । उनले पत्रकारहरूसँग भने, ‘एनजीओ सञ्चालक दम्पतीले कामबाट निकालेपछि पूर्वकर्मचारीहरूले यो भिडियो बालबालिकाका अभिभावकहरूलाई दिएका हुन्।’
एसपी गोयलले बीबीसी हिन्दीसँग कुरा गर्दै भने, ‘सामान्यतया उक्त स्कुलमा ३० देखि ३५ जना बालबालिका बस्दै आएका छन्। हामी त्यहाँ पुग्दा करिब ३० जना बालबालिका थिए। एनजीओका सञ्चालक दम्पती र दुई जना शिक्षकलाई पक्राउ गरिसकेका छौँ ।’
प्रहरीले घटनासम्बन्धी मुद्दा एससी–एसटी ऐन अन्तर्गत दर्ता गरेको छ, जसअनुसार दोषी ठहरिएमा छ महिनादेखि पाँच वर्षसम्मको कैद सजाय हुन सक्ने प्रावधान रहेको छ ।
यसैगरी, जुवेनाइल जस्टिस ऐन अन्तर्गत धारा ४०, धारा ७५ तथा धारा ८२ अनुसार पनि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण