अमेरिकाले भेनेजुएलामाथि बढायो दबाब, मदुरोको परिवार र सहयोगीहरूमाथि नयाँ प्रतिबन्ध
सारांश
- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका परिवार र सहयोगीहरूमाथि प्रतिबन्ध लगाएको छ।
- नयाँ प्रतिबन्धहरू भ्रष्टाचार र लागूऔषध गतिविधि नियन्त्रण गर्न घोषणा गरिएको हो।
- अमेरिकी विदेश मन्त्री स्कट बेसान्टले मदुरोको शासनलाई समर्थन गर्नेहरूमाथि कारबाही जारी रहने बताए।
वासिङ्टन डीसी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनमाथि दबाब बढाएको छ। अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार मदुरोको परिवार र उनका नजिकका सहयोगीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ। यो कदम भेनेजुएलामा भ्रष्टाचार र लागूपदार्थसँग सम्बन्धित गतिविधिहरूलाई रोक्नको लागि भएको बताइएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले मदुरो र उनकी श्रीमती सेसिलिया फ्लोरेसका आफन्त र सहयोगीहरूलाई निशान बनाएको छ। यसमा पहिले नै प्रतिबन्धित पनामाका व्यापारी रामोन कार्टेरो नेपोलिटानो र मादुरोकी भाउजूका भतिजा कार्लोस एरिक माल्पिका फ्लोरेसका परिवारका सदस्यहरू समावेश छन्। माल्पिकाका आमाबाबु, बहिनी, श्रीमती र छोरीलाई पनि प्रतिबन्ध लगाइएको छ।
'अर्थ मन्त्रालयले निकोलस मदुरोको अवैध र लागूपदार्थसँग सम्बन्धित शासनलाई समर्थन गर्ने व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ।' अमेरिकी विदेश मन्त्री स्कट बेसान्टले भनेका छन् । 'मदुरो र उनका सहयोगीहरूले हाम्रो क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पार्छन्। हामी उनको अवैध शासनलाई समर्थन गर्ने नेटवर्कहरूमाथि कारबाही जारी राख्नेछौं।' बेसान्टको भनाइ थियो ।
अमेरिकामा सूचीबद्ध व्यक्तिहरूको सम्पत्ति र उनीहरूसँग हुन सक्ने कुनै पनि वित्तीय लेनदेन अब रोक्का गरिएको अर्थ मन्त्रालयले भनेको छ । अमेरिकी नागरिक र संस्थाहरूले विदेशी सम्पत्ति नियन्त्रण कार्यालयबाट विशेष अधिकार प्राप्त नगरेसम्म यी व्यक्ति वा संस्थाहरूसँग लेनदेन गर्न नसक्ने अनि प्रतिबन्ध उल्लङ्घन गर्दा नागरिक र फौजदारी दण्ड हुन सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण