बोन्डी बिच आक्रमण : गुप्तचर निकायहरूको समीक्षा गर्दै अस्ट्रेलिया
सारांश
- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बोन्डी बिच आक्रमणपछि सुरक्षा निकायहरूको समीक्षाको घोषणा गरे।
- सिड्नीको समुद्र तटमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको थियो, जसलाई आइएसआइएसले प्रेरित गरेको थियो।
- अस्ट्रेलियाले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने र बन्दुक नियन्त्रणसम्बन्धी नियमहरू कडा पार्ने योजना बनाएको छ।
क्यानबेरा । गत हप्ताको बोन्डी बिच आक्रमणपछि अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रहरी र राष्ट्रिय गुप्तचर निकायहरूको समीक्षाको घोषणा गरेका छन् । ‘गत आइतबारको आइएसआइएस प्रेरित आतङ्कवादी आक्रमणले हाम्रो देशमा द्रुत गतिमा परिवर्तन भइरहेको सुरक्षा अवस्थालाई प्रकाश पार्छ’ अल्बानिजले भने ।
उनले इस्लामिक स्टेट समूहलाई जनाउन आइएसआइएस शब्द प्रयोग गरेका थिए। ‘हाम्रा सुरक्षा निकायहरू प्रतिक्रिया दिनका लागि उत्तम सम्भव स्थितिमा हुनुपर्छ’ अझ अगाडि अल्बानीजले भनेका छन् ।
यहुदी बिदाको समयमा सिड्नीको समुद्र तटमा दुई बन्दुकधारीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यस घटनामा १५ जनाको मृत्यु भएको थियो।
अस्ट्रेलियाले मृतकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै आइतबार राष्ट्रिय शोक समारोह मनाउँदै छ । कडा सुरक्षाबिच साँझ ६ ः ४७ बजे एक मिनेट मौन धारण गरिनेछ । तीन दशकमा अस्ट्रेलियामा यो पहिलो यस्तो घटना थियो । सरकारले बन्दुक स्वामित्वसम्बन्धी नियमहरू कडा बनाउने योजना बनाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण