राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
सारांश
- चिनियाँ राजदूत छन सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरे।
- अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गरे।
- राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोगका लागि धन्यवाद व्यक्त गरे।
काठमाडौँ । नेपालस्थित चिनियाँ राजदूत छन सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आइतबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आएर बिदाइ भेट गरेका हुन् ।
भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबिचको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गरे । “तपाईंले आफ्नो कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ बलियो बनाउन राम्रो भूमिका खेल्नुभएको छ,” बिदाइ भेटका सन्दर्भमा अध्यक्ष दाहालले भने– “तपाई जहाँ रहे पनि हामी असल मित्रको रूपमा सम्झिनेछौँ।”
सन् २०२५ नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वर्ष भएकाले विभिन्न कार्यक्रमहरू भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफू पनि केही कार्यक्रममा सहभागी हुने अवसर मिलेको बताए । दुई देशबिच कूटनीतिक सम्बन्धका साथै जनताबिचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै अध्यक्ष दाहालले संसदीय अनुभव आदान प्रदानलाई पनि बढाउँदै लैजानुपर्ने बताए ।
सो अवसरमा चिनियाँ राजदूत सोङले आफ्नो कार्यकालमा प्राप्त सहयोग र सहकार्यका लागि धन्यवाद व्यक्त गरे ।
चीन नेपालको असल मित्र भएको र सदैव दुई देशले एक अर्काको संवेदनशीलता र चिन्तालाई गहिरोसँग आत्मसात् गरेको उनले बताए । राजदूत सोङले आगामी फागुनमा हुने निर्वाचनमा चीनले आवश्यक सहयोग गर्न तयार रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण