नेप्सेमा करिब १९.९२ अङ्कको गिरावट, साढे ४ अर्ब बढीको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १९.९२ ले गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५९५.१० विन्दुमा ओर्लिएको हो ।
यो अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतको गिरावट हो । आज कुल ३४५ वटा कम्पनीका १ करोड १२ लाख कित्ता सेयर ७० हजार पटक खरिदबिक्री भएका छन् । जसबाट कुल ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। कुल २०७ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ४३ कम्पनीको मूल्य मात्र बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो नाफा कमाएका छन्। एसवाई प्यानलको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिटिजन्स र एसबीआई बैंकको डिवेञ्चर ९.८३ प्रतिशत र ९.२१ प्रतिशतले बढेका छन् ।
त्यस्तै, सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्दा नारायणी विकास बैंक ७.५५ प्रतिशत र अपर स्याङ्जे हाइड्रोपावर ७.४५ प्रतिशतले घटेका छन् ।
आज बजारमा म्युचुअल फण्ड बाहेक सबै समूहका परिसूचक घटेका छन् । होटल समूहमा सर्वाधिक १.६३ प्रतिशतले घट्दा विकास बैंक, फाइनान्स, जीवन बीमा र ट्रेडिङ समूहका १ प्रतिशत भन्दा धेरैले घटेका छन् ।
कारोबार रकमका आधारमा आज स्वास्तिक लघुवित्त शीर्ष स्थानमा रह्यो । यसको १३ करोड ५ लाख २८ हजार ७२८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स र लुम्बिनी विकास बैंक पनि धेरै कारोबार हुने कम्पनीहरूको सूचीमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण