राजनीति
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक सुरु
आइतबार, ०६ पुस २०८२, १७ : १०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक वनस्थलीमा सुरु भयो, जसमा सभापति रवि लामिछानेको अध्यक्षता थियो।
- सहकारी ठगी आरोपमा जेल परेका लामिछाने धरौटीमा छुटेपछि पहिलो पटक बैठक बसेको हो।
- बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ, र उनलाई अदालतले २ करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बोलाइएको हो ।
बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उच्च अदालत बुटवल इजलासले लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
रिहा लगत्तै निर्वाचन क्षेत्र चितवनमा सम्बोधन गरेका उनी हिजो काठमाडौँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण