विदेशबाट ल्याएको गाँजासहित विमानस्थलबाट दुई जना पक्राउ
आइतबार, ०६ पुस २०८२, २० : ३९
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
विमानस्थलको आगमन तर्फको टनेलबाट ४ किलो २ सय ८४ ग्राम सहित दुई जनालाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय रञ्जित सिंह र पुनीत शर्मा छन् । उनीहरू आइतबार दिउँसो पक्राउ परेका हुन् ।
थाई एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेको थियो ।
शर्मा लागूऔषध सङ्कलन गर्न विमानस्थल पुगेका थिए । शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि लागूऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण